गृहपृष्ठ कोरोना संक्रमित २०४ थपिए, कुल संक्रमित संख्या १६ हजार १६८ पुग्यो

कोरोना संक्रमित २०४ थपिए, कुल संक्रमित संख्या १६ हजार १६८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । मंगलबार २०४ नयाँ संक्रमित फेलापरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थप ६८८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या ७ हजार ४९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबारसम्म तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोनामुक्त भएका छन् ।

हाल क्वारेन्टिनमा २५ हजार ७२७ जना छन् भने ८ हजार ६३४ जना आइसोलेसनमा छन् ।

 

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु