गृहपृष्ठ नबिल बैंक र हुवावे टेक्नलोजीबीच सम्झौता
नबिल बैंक र हुवावे टेक्नलोजीबीच सम्झौता
नबिल बैंक र हुवावे टेक्नलोजीले साझेदारीबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा हुवावे टेक्नलोजिज नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले २४ असारमा सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । बैंंकका कार्यकारी अधिकृत शाहले हुवावे जस्तो सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरे ।
त्यस्तै हुवावे टेक्नलोजिज् नेपालका प्रतिनिधिले हुवावेको क्लाउड प्रविधि आर्टिफशियल इन्टेलिजेन्स तथा मेशिन लर्निङ प्रविधि क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली लगायतका सूचना प्रविधिको प्रयोगले ब्याङ्कलाई ग्राहक सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
प्रकाशित समय १७:०५ बजे

















