गृहपृष्ठ १०८ जना कोरोना संक्रमित थपिए, १३९ जना संक्रमणमुक्त
१०८ जना कोरोना संक्रमित थपिए, १३९ जना संक्रमणमुक्त
बिहीबार नेपालमा काठमाडौंका ५ जनासहित थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो । बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।
क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेको मन्त्रालयले जानकारी गराएको छ ।
प्रकाशित समय १६:२८ बजे

















