गृहपृष्ठ साताको अन्तिम दिन बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

साताको अन्तिम दिन बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार हुने दिन बिहीबार बढेको छ । बुधबार १० अंकले घटेको नेप्से परिसूचक बिहीबार ४.५७ अंकले बढेर १३३१.१ अंकमा पुगेको हो । साताका सुरुवाती तीन दिन नै नेप्से उकालो लागेको थियो ।

बिहीबार बैंक र व्यापारबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक सकारात्मक बन्यो । बैंक र व्यापार समूह सामान्य घटेका छन् । १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता सेयर ९० करोड ८० लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा १७ करोड कम हो । बुधबार १ अर्ब ७ करोडको सेयर कारोबार भएको थियो ।

बिहीबार सूर्योदय लघुवित्त, एनआइसी एसिया लघुवित्त र वोमी माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, एनएमबी माइक्रोफाइनान्स, तिनाउँ मिसन डेभलपमेन्ट बैंक, सानिमा इक्विटी फन्ड, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र युनाइटेड फाइनान्स पनि परेका छन् । बिहीबार पनि नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक १५ करोड १८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु