गृहपृष्ठ गोयन्का सिमेन्ट र कमला स्टिलको एनएस चिह्न स्थगन

गोयन्का सिमेन्ट र कमला स्टिलको एनएस चिह्न स्थगन

Goyenka_NewsKarobar

तोकिएको गुणस्तरभन्दा कम मापदण्डका सिमेन्ट र फलामे डन्डी उत्पादन गर्दै आएका दुई वटा कम्पनीको नेपाल गुणस्तर प्रमाण चिह्न (एनएस) स्थगन गरिएको छ ।

गुणस्तर तथा नापतौल विभागका अनुसार गोयन्का सिमेन्ट र कमला रोलिङ मिल्सको नेपाल गुणस्तर प्रमाण चिह्न (एनएस) स्थगन गरिएको हो ।

विभागका अनुसार गोयन्का सिमेन्टद्वारा उत्पादित पीएससी सिमेन्टमा कम्प्रेसिभ स्ट्रेन्थ तोकिएको मापदण्डभन्दा कम रहेको र कमला रोलिङ मिल्स स्टिल्स प्रालिद्वारा उत्पादित १० देखि २५ एमएमका टीएमटी बार (फलामे डन्डी)हरू पनि तोकिएको मापदण्डभन्दा कमजोर रहेकाले दुवै कम्पनीका एनएस स्थगन गरिएका हुन् ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु