गृहपृष्ठ उद्योग वाणिज्य महासंघमा यसकारण मेरो उम्मेदवारी
उद्योग वाणिज्य महासंघमा यसकारण मेरो उम्मेदवारी
आजको यस कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका आदरणीय अध्यक्ष, उपाध्यक्षहरु, पूर्वअध्यक्षज्यूहरु, पदाधिकारी मित्रहरु, विभिन्न जिल्ला्नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, महासंघका सदस्य साथीहरु, उपस्थित निजी क्षेत्रका साथी तथा पत्रकार मित्रहरु ।
विश्वभर कोरोनाभाइरसको प्रकोप नभएको भए सायद आज हामी यहाँ जे गर्न गइरहेका छौं त्यो चार महिनाअघि गर्दथ्यौं । तर, दुर्भाग्य कोरोनाभाइरसको प्रकोप तपाईं हामी सबैले व्यहोर्नुपर्यो । महासंघमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले पनि त्यसको प्रभाव झेल्नुपर्यो । कोरोनाको प्रभाव र असर तपाईं हामी माझ अझ कति समय रहने हो त्यो भविष्यले बताउला । तर कोरोनाले सिर्जना गरेका चुनौतीलाई तपाईं हामीले नै मिलेर पार लगाउने हो, यो अहिलेको आवश्यकता हो ।
कोरोनाका कारण तपाईं हामीमाझ दुई चुनौती सिर्जना भएका छन्, त्यसमध्ये एक हो स्वास्थ्यसम्बन्धी चुनौती र दोस्रो आर्थिक चुनौती । स्वास्थ्यसम्बन्धी चुनौतीलाई सरकारले सामाना गरिरहेको छ भन्ने हाम्रो विश्वास छ । तर, आर्थिक चुनौती भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेका छन् । हामीसँग पनि त्यही बाटोलाई पछ्याउनुको विकल्प छैन ।
कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामाना गर्न तपाईं हाम्रो व्याक्तिगत पहल मात्रै काफी हुँदैन । त्यसलाई प्रभावकारी रुपमा सामना गर्न हामीवीच विश्वास, एकता र बल चाहिन्छ । हाम्रो सौभाग्य आज नेपाल उद्योग वाणिज्य महासंघका रुपमा हाम्रा पुर्खाले हामीलाई नेपालको सबैभन्दा सशक्त त्यो फोरम उपहारमा दिएका छन् । त्यो फोरममा नयाँ विश्वास सिर्जना गर्न, त्यसमा एकता पैदा गर्न र त्यसलाई एउटा बलका रुपमा अघि बढाउन हामीसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयन गर्ने अवसर यही बेला आएको छ ।
तपाईंहरुको शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै मैले नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा चार महिना अघि नै औपचारिक घोषणा गरिसकेको छु । तर मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो टिमको जरुरत पर्छ । आज हामी त्यो टिमको घोषणा गर्नका लागि यहाँ उपस्थित भएका छौं । र, म आज यहाँ त्यसको घोषणा गर्न चाहन्छु ।
हाम्रो टिममा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार हुनेहुनेछ ।
महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टिमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ ।
महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टिमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ ।
हाम्रो यो टिम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ । टिममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टिमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ ।
तपाईंलाई दुःख परेको बेला हाम्रो टिम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्मता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ । आखिर तपाईंले महासंघमा खोजेको पनि यस्तै नेतृत्व होइन र !
आज हामी चुनावमा छौं, स्वाभाविक रुपमा हाम्रो टिमसँग प्रतिस्पर्धा गर्नका लागि विपक्षी टिम पनि खडा भएको छ । आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टिमको तुलना गर्नुस्, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हुर्नुहोस् ।
विपक्षी टिमका अधिकांश साथीको नेतृत्व तपाईं हामीले यसअघि नै भोगिसकेका छौं, त्यो अनुभवलाई आज फेरि सम्झनुहोस् । अझ विशेष गरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनुभएका हाम्रा विपक्षी टिमका साथीहरु बितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नुभएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नुभएको थियो ?
तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो ? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनुभएको थियो ? समाधान खोज्नुभएको थियो ?
तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो ? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनुभएको थियो ? समाधान खोज्नुभएको थियो ?
सुन्दै छु, अहिले फेरि तपाईंहरुलाई तिनै साथीहरुको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरी आश्वासन आउन थालेको छ रे ? ह्वाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे !
भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ ? फेरि उहाँहरुको फोन आउँछ भन्ने आशा तपाईंलाई छ ? फोन आउने कुरा त छाड्नुस् तपाईंले गरेको फोन के उहाँहरुले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस् ।
म भन्छु, उहाँहरुको मात्रै होइन, हाम्रो पनि विगत हेर्नुहोस् । हामी तपाईंको समीपमा रहेर कसरी काम गरेका थियौं । म आज तपाईंहरुलाई फेरि विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं ।
हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तीमा हाम्रो टिमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टिमका तर्फबाट सामूहिक प्रतिबद्धता पनि हो ।
तपाईंहरु आफैँ मनन गर्नुहोस्, तपाईंहरु आफैँ मूल्यांकन गर्नुहोस् । त्यो टिम छान्ने वा यो टिम छान्ने ? निर्णय गर्ने अधिकार तपाईंको हो ।
आदरणीय साथीहरु !
स्वाभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुनेछ ।
चार महिनाअघि मैले मेरो घोषणा सभामा भनेको पनि थिएँ, उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ । यो टिम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन, एक र एक जोडेर एघार बन्नेछ ।
स्वाभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुनेछ ।
म यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ? त्यो के का लागि ?
आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिनाअघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लविङ गरेको थियो ? भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नैपर्छ ।
यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो, हामी यो चुनाव जित्छौं, हामी त्यसमा विश्वस्त पनि छौं । जब हामी जित्छौं, हामी उहाँको टिमका सदस्य हौं । सायद उहाँका लागि यो साधारण जानकारी मात्रै होइन, यो एउटा सन्देश पनि हो ।
यो सन्देश कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो । यो सन्देश हामीभित्र विश्वास जगाउन हो ।
आदरणीय साथीहरु !
हामीले भनेका छौं निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर, समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । तपाईं हाम्रो अबको यात्रा त्यो सम्मान पाउनका लागि हुनेछ, राज्यबाट अभिभावकत्व पाउनका लागि हुनेछ ।
हिजो अस्ति राज्यसँग लडेर त्यो भूमिका खोज्नुपथ्र्यो, सम्मान माग्नुपथ्र्यो । तर आज लडाईं होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । हाम्रो यो टिमले त्यसका लागि दिलो ज्यान दिए काम गर्नेछ । मैले मेरो घोषणा सभामा पनि भनेको थिएँ, निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन हो । यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।
औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं । हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौं ।
जिल्ला नगरका साथीहरुलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई हामीले उठाउने छौं । नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई ३०-७० को सहभागिता लागू गर्न पहल गर्नेछौं ।
जिल्ला नगरका साथीहरुलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई हामीले उठाउने छौं ।
निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रुपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउनेछौं । उद्यमशीलता विकासका तालिम दिने, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैगरी जिल्लाका नापतौल, अनुगमन, बैंकिङ, राजस्वलगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।
हामीले भनेका पनि छौं, यी कामका लागि हामी नेतृत्वमात्रै होइन, महासंघको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौं ।
हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ गर्नेछ ।
हामीले महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्नेछौं । त्यस चौतारीमा सबैका समस्याको सुनुवाइ हुने वातावरण बनाउने काम हामीले गर्नेछौं ।
कारोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मर्कामा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौं । अझै पनि यो महामारीले कुन रुप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ ।
महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने छ । नेतृत्व भनेको संकटको सारथि हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो । त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न मेरो टिमका सबै साथीहरुलाई अपिल गर्छु ।
(चन्द्रप्रसाद ढकाल, २०७७ असार ३०)
प्रकाशित समय १८:५० बजे

















