गृहपृष्ठ नेप्सेमा १४ अंकको वृद्धि, १ अर्बमाथिको कारोबार, बजार पुँजीकरण १८ खर्बनजिक
नेप्सेमा १४ अंकको वृद्धि, १ अर्बमाथिको कारोबार, बजार पुँजीकरण १८ खर्बनजिक
सेयर बजार परिसूचक नेप्से बुधबार १४ अंकले बढेको छ । नेप्सेमा सूचीकृत होटल, उत्पादनमूलक, लघुवित्त र जीवन बिमाबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १४.९ अंकले बढेर १३६२.३४ अंकमा उक्लिएको छ ।
सबैभन्दा धेरै बैंक समूह २.१६ प्रतिशतले बढेको छ । १८९ कम्पनीको ३२ लाख १२ हजार ९२४ कित्ता सेयर १ अर्ब १६ करोड ४ लाख रूपैयाँबराबरमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआइसी एसियाको १० करोड ४० लाख रुपैयाँको सेयर किनबेच भयो । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ९ करोड ७३ लाख, एनएमबी बैंकको ८ करोड ६० लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ९० लाख रुपैयाँ सेयर कारोबार भएको छ ।
बुधबार एनआइसी एसिया लघुवित्त, नविल ब्यालेन्स्ड फन्ड २ र बेस्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त, एनआइसी एसिया ब्यालेन्स्ड फन्ड, नेपाल बंगलादेश बैंक, मल्टिपर्पज फाइनान्स, सिद्धार्थ इक्विटी फन्ड, ग्लोबल आइएमई समुन्नत स्किम १ र एनआइबिएल समृद्धि फन्ड १ सर्वाधिक मूल्य बढ्ने १० कम्पनीमा परेका छन् । बजार पुँजीकरण बुधबारसम्म बढेर १८ खर्बनजिक पुगेको छ ।
प्रकाशित समय १७:५२ बजे

















