गृहपृष्ठ नेकपाको स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित
नेकपाको स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज (आइतबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । अबको बैठक आगामी साउन ६ गते बिहान ११ बजे बस्ने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
आइतबार नेकपाको स्थायी कमिटी बैठकमा आउँदो मंसिरमा महाधिवेशन गर्नेसम्बन्धी प्रस्ताव औपचारिक रुपमा पेश हुने सम्भावना रहेको बताइएको थियो । केन्द्रीय सचिवालयमा ओलीले शनिबार महाधिवेशनको प्रस्ताव गर्दा त्यसमा दाहालले सहमति जनाएको खबर आएको थियो । प्रचण्डले आइतबार खुमलटारमा आफू पक्षका नेतासँग छलफलका क्रममा आफूले कुनै सहमति नगरेको बताएका थिए ।
स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।
प्रकाशित समय १३:२२ बजे

















