गृहपृष्ठ नेप्से उर्लिएपछि एक घण्टामै सर्किट, २२ कम्पनीको मूल्यमा उछाल

नेप्से उर्लिएपछि एक घण्टामै सर्किट, २२ कम्पनीको मूल्यमा उछाल

सेयर बजार परिसूचक नेप्से उर्लिएपछि एक घण्टा ८ मिनेटमै बजार बन्द भएको छ । १११ कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता सेयर ६ करोड २५ लाख रुपैयाँमा कारोबार हुँदै गर्ला बजार ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगन भएको हो ।

बजार ८४.२६ अंकले बढेर १४७९.०३ अंकमा उक्लिएको छ । आइतबार २२ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । बैंक समूह सर्वाधिक ७. ४४ प्रतिशत बढेको छ । त्यस्तै जीवन बिमा ६.६८, अन्य ६.३६, उत्पादनमूलक ५.१६, लघुवित्त ३.७८, जलविद्युत ३.७३, विकास बैंक ३.५६, निर्जीवन बिमा ३.३ प्रतिशतले उकालो लागेका छन् ।

तरलता बढेका कारण लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरूले ठूला लगानीकर्तालाई बोलाएर मार्जिन लोन दिएको हल्लाका बीच बजार उचालिएको छ । तरलता बढेसँगै ब्याजदर ओरालो लागेपछि सबै लगानीकर्ता निश्चिन्त भएर बजार प्रवेश गरेका छन् ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु