गृहपृष्ठ थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८ पुग्यो
थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८ पुग्यो
पछिल्लो २४ घन्टाभित्र विभिन्न जिल्लामा १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म देशभर संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।
आइतबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ५८ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ९५ रहेको छ । नेपालमा हालसम्म ४० जनाको कोरोनाका कारण ज्यान गएको छ ।
देशभरका २७ वटा प्रयाेगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हाल २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रकाशित समय १६:३० बजे

















