गृहपृष्ठ कम्युनिस्ट नेता बरमन बुढाको निधन

कम्युनिस्ट नेता बरमन बुढाको निधन

कम्युनिस्ट नेता बरमन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत उनको बुधबार बिहान निधन भएको हो । रोल्पाको थवाङ घर भएका उनको एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । उनी ९० वर्षका थिए ।

बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । संसदमा जनमोर्चाका ९ सांसदको नेतृत्व त्यतिबेला कृष्णबहादुर महराले गरेका थिए । बुढा तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा पनि बरमन लागेका थिए ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु