गृहपृष्ठ सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोबार शून्य
सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोबार शून्य
नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २६० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९५ ले बढेर एक हजार १३५ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ८६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।
दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार शून्यमा झरेको महासंघले जनाएको छ । ‘नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो,’ उनले भने । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । (रासस)
प्रकाशित समय १३:२८ बजे

















