गृहपृष्ठ सलहले मकै खाएपछि किसान चिन्तित

सलहले मकै खाएपछि किसान चिन्तित

सलहले मकै खाएपछि वीरेन्द्रनगरका किसान चिन्तित बनेका छन् । वीरेन्द्रनगर १५ र १६ मा मंगलबार आएको सलहको झुन्डले मकै सखाप पारेपछि किसान चिन्तित बनेका हुन् ।

‘करिब २० प्रतिशत मकै सलहले खाएको छ,’ वीरेन्द्रनगर १५ का घनधोज रानाले भने, ‘बाजा, थाललगायतका सामग्री बजाएर धपाउने काम गरियो ।’ मंगलबार दुईपटक सम्म सलहको झुन्ड मकैबारीमा आएको उनले बताए ।

वीरेन्द्रनगर १६ की मिना थापाले पनि सलहले हरियो तरकारी खाएको बताइन् । खुर्सानी, भाँटालगायतको तरकारीमा आएर बसेको सलहलाई आगो बालेर र थाल बजाएर धपाएको उनले जानकारी दिइन् । ‘फेरि पनि आएर बाली खान्छ कि भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘पटक–पटक गरेर सलहको झुन्ड आइरहेको छ ।’

प्रकाशित समय ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु