गृहपृष्ठ लिभरपुललाई लिग उपाधि : सुनसान रंगशालामा आतिशबाजीको रोमाञ्चक माहाैल
लिभरपुललाई लिग उपाधि : सुनसान रंगशालामा आतिशबाजीको रोमाञ्चक माहाैल
एक खेल बाँकी रहँदै लिभरपुलले १९९० पछि इंगलिस प्रिमियर लिगको उपाधि १९औं पटक जितेको छ । कीर्तिमानी विजेता म्यानचेस्टर युनाइटेडको भन्दा एकले कम हो ।
लिभरपुलले बुधबार राति चेल्सीलाई ५-३ गोलले पराजित गरेको थियो । लिभरपुलको जितमा नाबी केइटा, ट्रेन्ट एलेक्जेन्डर-आर्नोल्ड, जर्जिन्हो विजनाल्डम, रोबर्टो फिर्मिनो र एलेक्स अक्सलेड चेम्बरलिनले गोल गरेका थिए । चेल्सीका लागि ओलिभर जिरौड, टमी अब्राहम र क्रिष्टियन पुलिसिकले गोल फर्काए ।

उपाधि हासिल गरे पनि लिभरपुलले दर्शकमाझ खुशी साट्न भने पाएन । सरकारले अन्तिम समयमा खेलाडीको परिवारमात्र रंगशाला प्रवेशको अनुमति दिएको थियो । इंगलिस फुटबल इतिहासमा कुनै पनि लिग विजेताले यस्तो माहोलमा उपाधि उचालेका थिएन । कप्तान जोर्डन हेन्डर्सनले घरेलु मैदान एनफिल्डमा ट्रफी उचाल्दा रंगशालाको छतबाट आतिशबाजीको विस्फोटपछि निस्किएको रातो धुवाँले माहाैल रोमाञ्चक त देखियो । तर रंगशाला भने खाली थियो ।
लिभरपुलले अन्तिम खेल न्युक्यासल युनाइटेडविरुद्ध खेल्नेछ । चौथो स्थान झरेको चेल्सीले भने अन्तिम खेल छैटौं स्थानको उल्भरह्याम्पटनविरुद्ध खेल्नु पर्नेछ ।

प्रकाशित समय १३:२४ बजे

















