गृहपृष्ठ लकडाउन गट ट्यालेन्ट प्रतियोगिताको अन्तिम भोटिङ उत्साहजनक
लकडाउन गट ट्यालेन्ट प्रतियोगिताको अन्तिम भोटिङ उत्साहजनक
नेपालको अग्रणी मोबाइल वालेट सेवामध्येको डिजीपेसँगको सहकार्यमा सुरू गरिएको ‘डिजीपे लकडाउन गट ट्यालेन्ट’ प्रतियोगिताको अन्तिम राउन्डको भोटिङ उत्साहजनक रहेको आयोजकस्टेट एड मिडियाले जनाएको छ ।
अन्तिम राउन्डमा प्रवेश गरेका ५० मध्ये ४८ प्रतिष्पर्धीहरूले आफ्नो भिडियो पठाइसकेको आयोजक स्टेट एड मिडियाकी कार्यकारी अध्यक्ष शालिनी नेपालले जानकारी दिइन । ‘प्रतियोगितामा टिकटकका जस्ता अमेच्योर भिडियोमात्र होइन, व्यावसायिकरूपमा खिचेर सम्पादन गरिएका भिडियो पनि आएका छन्,’ नेपालले भनिन ।
प्रतियोगितामा १० वर्षकी बालिकादेखि चिकित्सकसम्म र नेपालबाहेक अष्ट्रेलिया, पोर्चुगल र अमेरिकासम्मबाट सहभागिता भएको प्रतियोगिताका सहआयोजक एवं मुख्य प्रायोजक डिजीपेका प्रमुख कार्यकारी अधिकृत दिवाकर पाण्डेले बताए ।
प्रतियोगितामा नृत्य, गायन, संगीतको मात्र होइन, छाउपडी प्रथाविरुद्ध जनचेतना जगाउने सर्ट-मुभी पनि सहभागी भएको उनले जानकारी दिए ।
यो यस्तो युनिक प्रतियोगिता हो, जसको कुनै निर्णायक (जज) छैनन्, सामाजिक सञ्जालहरूमा अत्यधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिनेछ । प्रतियोगिताका आयोजक स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष नेपालका अनुसार २ महिनाको अवधिमा २०० भन्दा अधिक भिडियो प्रतियोगितामा सहभागिताका लागि प्राप्त भएको थियो ।
विजेताहरूले मिस एलजीटी र मिस्टर एलजीटीका रूपमा नगद २५-२५ हजार रूपैयाँ र गिफ्ट भौचर पाउने डिजीपेका काार्यकारी प्रमुख पाण्डेले जानकारी दिए ।
डिजीपे मुख्य प्रायोजक रहेको प्रतियोगितामा नेटम्याक्स ग्लोबेन्सी, बेननेभिज, एलओडी, लस इक्सोबार्स, क्यूएफएक्स, टिटाइम कफी ब्रेक र इजीकेयर सहप्रायोजक छन् । अफिसियल प्रमोटरका रुपमा नेपाली म्युजियर रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनर न्युज कारोबार डिजिटल मिडिया रहेको छ भने अफिसियल डिजिटल मार्केटिङ पार्टनर डिजिटल बाजे र अफिसियल बैंक एनसीसी बैंक रहेको छ ।
प्रकाशित समय १३:०९ बजे

















