गृहपृष्ठ विदेश जानेका लागि पीसीआर परीक्षण गर्न ११ अस्पताललाई अनुमति
विदेश जानेका लागि पीसीआर परीक्षण गर्न ११ अस्पताललाई अनुमति
सरकारले विदेश जानेका लागि कोरोना संक्रमणको पीसीआर परिक्षण गर्न ११ वटा अस्पताललाई अनुमति दिएको छ । कारोना महामारीको समयमा पनि अत्यावश्यक कामका लागि विदेश नगई नहुनेहरुको लागि पीसीआर परिक्षण गर्न सरकारले ११ वटा अस्पताल तोकेको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार तोकिएको शुल्क तिरेर पीसीआर परिक्षण गराउन सरकारले उपत्यकाभित्र वीर अस्पताल, पाटन अस्पताल र टिचिङ अस्पताललाई अनुमति दिएको हो । उपत्यका बाहिरका सेती अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल र सुर्खेतस्थित कर्णाली प्रदेशिक जनस्वास्थ्य प्रयोगशालाले पनि पीसीआर परिक्षण गर्न अनुमति पाएका छन् ।
विदेशी नियोगमा काम गर्ने कर्मचारीहरुले भने निजी अस्पतालहरूमा पनि पीसीआर परीक्षण गराउन सक्नेछन् । ललितपुरस्थित स्टार अस्पताल र काठमाडौं मेडिकल कलेजलाई विदेशी नियोगमा काम गर्ने कर्मचारीहरुको पीसीआर परीक्षण गर्न अनुमति दिइएको छ । सरकारले तोकेको र अनुमतिप्राप्त अस्पतालमा मात्र पीसीआर गर्न आग्रह गरेको छ ।
प्रकाशित समय १८:१९ बजे

















