गृहपृष्ठ सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन असोज २५ र २६ गते काठमाडौंमा हुने

सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन असोज २५ र २६ गते काठमाडौंमा हुने

नेपाल सुनचाँदी व्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ ।

महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो । महाधिवेशनमा देशभरवाट करिव ४ सय जना प्रतिनिधि सहभागी हुनेछन् । बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप–समितिहरु समेत गठन गरेको छ ।

हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन 

आम उपभोक्ताको सर्वोपरी हितलाई मध्यनजर गर्दै महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ । यस्तै, यस विषयमा थप प्रष्ट हुने गरी बैठकले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित समय ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु