गृहपृष्ठ १३ सय छात्रालाई गाउँपालिकाले स्यानिटरी प्याड वितरण गर्ने
१३ सय छात्रालाई गाउँपालिकाले स्यानिटरी प्याड वितरण गर्ने
विद्यालयमा छात्राहरूलाई नियमित गर्न गाउँपालिकाद्वारा स्यानिटरी प्याड वितरण कार्यक्रम सुुरु गरिने भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाले १३ सय छात्रालाई नियमित गर्न उक्त कार्यक्रम सुुरु गर्ने भएको हो ।
खार्पुनाथ गाउँपालिका क्षेत्रभित्र रहेका दशवटा सामुदायिक विद्यालयलाई गाउँपालिकाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने योजना अघि सारेको हो । गाउँपालिकाभित्र रहेका १० वटा सामुदायिक विद्यालयका १३ सय छात्रालाई ५ हजार ५ सय थान स्यानिटरी प्याड वितरण गरिने गाउँपालिका शिक्षा शाखा प्रमुख भिमबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई लक्षित गरी सो कार्यक्रम सुुरु गर्न लागिएको हो । यसको लागि नेपालगञ्जबाट ५ हजार ५ सय थान प्याड आइसकेको र लगत्तै गाउँपालिकामा लिएर वितरण गर्ने तयारी भएको उनले बताए ।
प्रकाशित समय २१:२१ बजे
















