गृहपृष्ठ मदन पुरस्कारका लागि ७ पुस्तक छानिए
मदन पुरस्कारका लागि ७ पुस्तक छानिए
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’का लागि ७ वटा पुस्तक छनौट गरेको छ । २०७६ सालमा प्रकाशितमध्ये गुठीलाई प्राप्त १ सय ५१ पुस्तकबाट उत्कृष्ट ७ छानिएका हुन् ।
१० पुस्तकहरुको सूची तयार पार्न गठित समितिले ७ पुस्तकहरुको सूची गुठीलाई उपलब्ध गराएको हो । छनौटमा परेका ७ पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रब्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १-३)’ रहेको छ । त्यस्तै चन्द्र प्रकाश बानियाँद्वारा लिखित ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माद्वारा लिखित ‘यात्रामा’ पनि मदन पुरस्कारका लागि उत्कृष्ट ७ मा सूचीकृत भएको गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सूचीमा परेका ७ मध्ये उत्कृष्ट पुस्तकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ । २०७५ सालको मदन पुरस्कार योगेश राजद्वारा लिखित ‘रणहार’ले प्राप्त गरेको थियो ।
प्रकाशित समय १५:५७ बजे

















