गृहपृष्ठ थप ३८१ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज

थप ३८१ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज

काठमाडौंमा ५७ र ललितपुरमा ५ जना थपिए

बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । यसमध्ये काठमाडौंका ५७ र ललितपुरका ५ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभर ६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेकाे प्रवक्ता डा. गौतमले जानकारी दिए ।

हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको मन्त्रालयले  जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु