गृहपृष्ठ मंगोलियाले किन्यो ११ टन सुन

मंगोलियाले किन्यो ११ टन सुन

मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ ।मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।

मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर सञ्चित रहेको छ ।

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सञ्चिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु