गृहपृष्ठ ११ सय रूपैयाँ बढ्यो सुनको मूल्य
११ सय रूपैयाँ बढ्यो सुनको मूल्य
विश्व बजारमा नै निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यले नेपालमा पनि दिनहुँ नयाँ कीर्तिमान कायम गरिरहेको छ । बिहिबार नेपालमा सुनचाँदी दुवैको मूल्य वृद्धिपश्चात नयाँ रेकर्ड कायम भएको हो ।
आज बिहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ११ सय रूपैयाँले वृद्धि हुँदै १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख २ हजारमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय १२:२८ बजे

















