गृहपृष्ठ काठमाडौं उपत्यकामा ८७ सहित देशभर ३६० जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८७ सहित देशभर ३६० जना संक्रमित थपिए

हालसम्म १५,३८९ जना उपचारपछि डिस्चार्ज

केही दिनयता नेपालमा कोरोना संक्रमण फैलने क्रम बढ्दो देखिएको छ । पछिल्लो २४ घन्टामा ३ सय ६० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबारकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएकासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरिएकाे छ । हाल देशभर ९ हजार ४ सय ७० क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेकाे छ ।

संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । ६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु