गृहपृष्ठ अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो
अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो
सबैभन्दा बढी संक्रमण भएको अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ५८ हजार ६११ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५० लाख ३२ हजार १७९ पुगेको हो ।
अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ८०४ जनाको ज्यान गएको छ । बिहीबार मात्रै अमेरिकामा एक हजार २०३ जनाको ज्यान गएको हो । त्यस्तै २५ लाख ७६ हजार ६६८ जनाको सफल उपचार भएको छ भने २२ लाख ९२ हजार ७०७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि १८ हजार २९२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
प्रकाशित समय १०:३७ बजे

















