गृहपृष्ठ हस्तान्तरण पूर्व नै भत्कियो सिल्टेसन ड्याम 

हस्तान्तरण पूर्व नै भत्कियो सिल्टेसन ड्याम 

पोखरा महानगरपालिकाको समन्वयमा ४ वटा सिल्टेशन ड्याम निर्माण भएको छ । पोखरा महानगरपालिको २३ र २४ अन्तर्गत पामेको बेतनीखोला, लौरुक खोला, हर्पन खोला र धारापानी खहरेखोलामा ड्याम निर्माण भएका छन् ।

उक्त ड्यामको ठेक्का जेभी कन्ट्रक्सनले पाएको थियो । उक्त कन्ट्रसकनले सिल्टेशन ड्याम निर्माण गरेर हस्तान्तरण गर्ने बेलामा पोखरा २३ स्थित ठूलाखेत खहरेखोला र हर्पनखोलामा बनाइएको सिल्टेशन ड्याम भत्किएको छ । दुई महिनाअघि निर्माण सम्पन्न भएको ड्याम अविरल वर्षाका कारण या ठेकेदारको लापरबाहीका कारण भन्ने विषयमा प्रश्न चिह्न खडा त गरेको छ साथै अरु ड्यामको गुणस्तरमा पनि ।

स्थानीयबासी विष्णुप्रसाद पौडेलकाअनुसार ड्याममा प्रयोग भएका कमसल साम्रगीहरु गिट्टी, बालुवा, सिमेन्टको मात्रा नमिलेकाले ड्याम फुटेको, चुहिएको हुन सक्ने बताए । कमसल साम्रगीको प्रयोगका कारण सिल्टेसन ड्याम भत्केको पोखरा महानगरपालिका चापाकोट २३ का वडा सदस्य भरतराज भण्डारीले बताए ।

सिल्टेसन ड्याम बन्दै गर्दा करिबन जगबाट एक मिटर माथि आइसकेको थियो, उनले भने ड्याममा उपयुक्त गुणस्तर साम्रागी भएन्, यो जुनसुकै बेला पनि ठूलो पानीको बहावमा हैन् सानै पानिको बहावमा पनि जिर्ण हुन सक्छ । पटक पटक ठेकदारलाई ड्याममा प्रयोग भएको साम्रगी गुणस्तरहिन भएको बताउँदा पनि कुनै सुनवाई नभएको उनले बताए । ‘यही खोलाको कमेरेमाटोयुक्त बालुवा, सिमेन्ट्रीमा कन्जुसाई गर्नाले नै यो समस्या आयो, जसले गर्दा अहिले खहरे खोलाबाट झज्डै ५ सयम मिटर रहेको ४०० घरधुरीलाई जोखिम भएको छ ।’ उनले भने ।

ठेक्कालिएको कम्पनीलाई कमसल गुणस्तरको विषयमा जानकारी गराउँदा मलाई नै नकारात्मक रुपले हेर्नुभयो, मान्नुभएन उनले थपे, ‘यसको जस पोखरा महानगरपालिकाले नि लिनुपर्ने हुन्छ, उजुरी गरी सके पनि गुणस्तरमा महानगरले पनि चाँसो देखाउनुपर्ने हुन्छ, इन्जिनियरले पनि छानबिन गुनपर्ने हुन्छ । निर्माण कम्पनीले त्यही खोलाको बालुवा हाली स्टमेटविपरित काम गरेको उनको भनाई छ ।

मेयर सहित शहरी विकास योजना आयोगले समेत स्वयं यस ठाउँमा पुगी अवलोकन गरेका छ । सिलटेसन ड्यामको बनाउटमा समस्या भएको हुँदा तत्काल नै मर्मतमा महानगर लागि परेको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए ।

‘हाम्रो त्यहाँ ध्यानाकर्षण भएको छ, महानगरको नेतृत्वले प्रावीधिक शाखालाई ध्यानाकर्षण गराएर त्यसतर्फ उन्मुख भएको छ, अब समस्या नआउँला ।’ उनले भने, ‘सेटिङ समय नहुँदै बाढी पहिरो गयो यसको पनि प्रभाव परेको हुनसक्छ, अब यसलाई जाँच गर्ने परीक्षण गर्ने सिमेन्टको गुणस्तर, शुद्ध बालुवालगायत सबै विषयमा निरीक्षण गरि बोल्न सकिन्छ ।’ पिके जेभी कन्स्ट्रक्सनले ठेक्कामा बनेको बनाएको ड्याम सम्पन्नपूर्व नै भत्किएको छ । पिकेसँग अझै ४ महिनाको समय बाँकी छ ।

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु