गृहपृष्ठ सल्लाघारीमा सेन्ट्रल फाइनान्सको एक्सटेन्सन काउन्टर र एटीएम
सल्लाघारीमा सेन्ट्रल फाइनान्सको एक्सटेन्सन काउन्टर र एटीएम
सेन्ट्रल फाइनान्सले भक्तपुरको सल्लाघारीमा एक्सटेन्सन काउन्टर र एटीएम सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि यी दुवै सेवा सुरु गरेको हो ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको आफ्नै कर्पोरेट भवन निर्माणको अन्तिम चरणमा छ । छिट्टै आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत (सिइओ) रजोजमान श्रेष्ठले जानकारी दिए ।
संस्थाको काठमाडौँको चाबहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा र सिन्धुलीको भिमानमा गरी १० वटा शाखा सञ्चालनमा छन् ।
शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुँच बढाउने उद्देश्यअनुरुप धनुषाको जनकपुर र सर्लाहीको लालबन्दीमा थप शाखा र सिन्धुलीको डकाहामा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।
यस वित्तीय संस्थाको चुक्ता पुँजी ८२ करोड ३४ लाख, निक्षेप ४ अर्ब ६४ करोड ३८ लाख र कर्जा प्रवाह ३ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ छ । वित्तीय सेवामा एटीएम, एसएमएस बैंकिङ, इसीसी सेवा, आइपीएसरकनेक्ट आइपीएस सेवा, विभिन्न विप्रेषणसेवा तथा सिआस्वा सेवा सञ्चालनमा रहेको तथा मोबाइल बैंकिङ सेवा छिट्टै सञ्चालनमा आउने सिइओ श्रेष्ठले बताए । उनका अनुसार व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बिमा गरिएको छ ।
प्रकाशित समय १७:५७ बजे

















