गृहपृष्ठ फरक समूहको रगत दिँदा सुत्केरीको मृत्यु प्रकरण : ५ लाख रूपैयाँमा मिलापत्र
फरक समूहको रगत दिँदा सुत्केरीको मृत्यु प्रकरण : ५ लाख रूपैयाँमा मिलापत्र
जनकपुरको रामजानकी हस्पिटलमा भएको ‘चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु’ प्रकरण पाँच लाख रूपैयाँ लेनदेनमा मिलाइएको छ । महोत्तरीको गौशला नगरपालिका- ११, भरतपुर की २३ वर्षीया गंगादेवी महतोको रामजानकी हस्पिटलमा मृत्यु भएको थियो ।
बिहीबार राति अपरेसनबाट छोरी जन्माएकी गंगाको शरीरमा रगत अभाव भएपछि चिकित्सकले दिएको नमूनाको आधारमा रेडक्रसले दिएको दुई पोका रगतमध्ये ‘ओ’ पोजेटिभ समूहको रगत दिनुपर्नेमा एक पोका रगत ‘बी’ पोजेटिभ दिँदा सुत्केरीको मृत्यु भएको अस्पताल सञ्चालक सञ्चालक गणेश साहले स्वीकार गरेका छन् । तर साहले अस्पतालको लापरबाही नभई रेडक्रसको लापरबाहीले फरक समूहको रगत बिरामीको शरीरमा प्रवाह भएको बताएका छन् ।
५ लाख रुपैयाँ लिएर घटनासम्बन्धी मुद्दा नगर्न सहमति भएको पीडित परिवारका तर्फबाट छलफलमा सहभागी राजेश महतोले बताए । सहमतिपपछि शुक्रबार राति पक्राउ परेका हस्पिटलमा कार्यरत दुईजना डाक्टरलाई जिल्ला प्रहरी कार्यालय धनुषाले रिहा गरेको डीएसपी एसपी मगेन्द्र विष्टले बताए । एसपी बस्नेतका अनुसार डाक्टरहरुलाई कारबाही गर्ने कुनै आधार नभएपछि अस्पतालको जिम्मा लगाइएको हो ।
मिलापत्रपछि पाेष्टमार्टमका लागि सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । यसअघि प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गर्न लगिए पनि पीडित परिवार त्यसमा सहमत भएका थिएनन् ।
प्रकाशित समय १८:०३ बजे
















