गृहपृष्ठ कोरोना महामारी : प्रदेश २ सबैभन्दा बढी प्रभावित, ७ जिल्ला संक्रमणमुक्त

कोरोना महामारी : प्रदेश २ सबैभन्दा बढी प्रभावित, ७ जिल्ला संक्रमणमुक्त

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड- १९ बाट तीन जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार शनिबारसम्म कोभिड- १९ बाट मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।

सक्रिय संक्रमित छ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ रहेको प्रवक्ता गाैतमले बताए । पछिल्लो २४ घण्टामा सात हजार ७८८ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १० हजार ७९२ छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको संख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन् । पीसीआर सात हजार ८८८ जनामा परीक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा सात जिल्ला काेराेना संक्रमणमुक्त भएका छन् । खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शुन्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे  छ।

हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९०१ कोभिड- १९ बाट संक्रमित छन् । सात लाख २४ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६३१ व्यक्ति यस रोगबाट निको भएका छन् ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु