गृहपृष्ठ सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

लगातार उकालो लागिरहेको सुनको मूल्यमा साताको पहिलो दिन आइतबार भने सामान्य गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९ सय रुपैयाँ सस्तो भएको छ ।

आज आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आइतबारका लागि असली चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु