गृहपृष्ठ धनुषामा मृत्यु भएका सुरक्षा गार्डमा कोरोना पुष्टि

धनुषामा मृत्यु भएका सुरक्षा गार्डमा कोरोना पुष्टि

मिथिला विहारी नगरपालिका- ५, ललियाका ४५ वर्षीय पुरुषको मृत्यु कोरोनाभाइरस संक्रमणबाट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका- २, कदमचोकस्थित विनय तारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा कार्यरत उनको शनिबार मृत्यु भएको थियो ।

५ दिनदेखि ज्वरो र रुघाखोकीका कारण बिरामी परेका उनलाई शनिबार बिहान स्वासप्रस्वासमा समस्या देखिएको थियो । उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएकाे स्थानीय सुरेन्द्र साहले जानकारी दिए । मृतकको स्वाब संकलन गरी शनिबार नै दाहसंस्कार भइसकेको छ ।

मृतकलाई कोरोना संक्रमणको पुष्टि भएपछि मलामी गएकाहरुलाई पनि होम क्वारेन्टिनमा बस्न  निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु