गृहपृष्ठ सिटिजन लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्क ७१ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्क ७१ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स (CLICL) ले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा एक अर्ब ९२ करोड ७५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । यो नाफा रकम अघिल्लाे आर्थिक वर्षको सोही अवधिको भन्दा ८० करोड २ लाख रुपैयाँ अर्थात ७१.१० प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सले २० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४ करोड ७१ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म इन्स्योरेन्सले कमाएकाे खुद नाफा १५ करोड ३६ लाख रुपैयाँ थियो ।

सो अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १७ करोड ४२ लाख रुपैयाँ र बिमालेख धितोमा ११ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७१ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । इन्स्याेरेन्सकाे चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सको जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ, जीवन बिमा कोषमा १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ति जगेडा कोषमा ४ करोड २७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सले कूल १ लाख २४ हजार ६८२ बिमालेख जारी गरी हालसम्म कुल ३ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले ११५ वटा दाबीबापत १३ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३७ दाबीबापत २ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्ने इन्स्याेरेन्सकाे अबकाे याेजना छ । आईपीओ निष्काशनपश्चात इन्स्याेरेन्सकाे चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ  ।

 

 

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु