गृहपृष्ठ विश्वभर एक करोड ३४ लाख कोरोना संक्रमित डिस्चार्ज

विश्वभर एक करोड ३४ लाख कोरोना संक्रमित डिस्चार्ज

विश्वभर संक्रमितको संख्या २ करोड ५२ लाख २१ हजार नाघ्यो, ६३ लाख ३४ हजारको उपचार हुँदै

विश्वभर एक करोड ३४ लाख ४१ हजार ९०७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वमा संक्रमितको संख्या २ करोड ५२ लाख २१ हजार ९१ जना कोरोना देखिएको छ भने ६३ लाख ३४ हजार भन्दा बढीको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

बितेका २४ घण्टामा मात्र २ लाख ६६ हजार एक सय २१ संक्रमित थपिएका छन् भने ६ हजार ५६१ जनाले भाइरसबाट ज्यान गुमाएका छन् । हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ४४ हजार ९१६ पुगेको छ ।

सबैभन्दा बढी भाइरस फैलिएको अमेरिकामा संक्रमितको संख्या ५३ लाख ५ हजार ९ सय ५७ पुगेको छ भने एक लाख ६७ हजार ७ सय ४९ जनाको ज्यान गएको छ । अमेरिकामा २७ लाख ५५ हजार ५५ हजार ३ सय ४८ जना भाईरसमुक्त भएका छन् ।

ब्राजिलमा संक्रमितको संख्या ३१ लाख १२ हजार ३ सय ९३ रहेको छ भने भाईरबाट एक लाख ३ हजार ९९ ले ज्यान गुमाएका छन् । हालसम्म ब्राजिलमा कोरोना निको भएर घर फर्किनेको संख्या २२ लाख ४३ हजार एक सय २४ रहेका छन्

छिमेकी राष्ट्र भारतमा भाईरसबाट ज्यान गुमाउनेको संख्या ४६ हजार एक सय ८८ पुगिसकेको छ भने २३ लाख २८ हजार ४०५ संक्रमित पुगिसकेको छ ।

प्रकाशित समय ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु