गृहपृष्ठ फुलौट बस दुर्घटना (अपडेट) : मृतक तीनै जनाको सनाखत
फुलौट बस दुर्घटना (अपडेट) : मृतक तीनै जनाको सनाखत
डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० वर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ वर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ वर्षकी लछ्मा विक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना आज बिहान दुर्घटना परेको हो । बसमा सवार ३२ जना रहेका थिए ।
बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यो पनि पढ्नुहोस् ..
डोटीको फुलौटमा बस दुर्घटना : तीन जनाको मृत्यु, २९ घाइते (घाइतेको नामावलीसहित)
प्रकाशित समय १०:३८ बजे

















