गृहपृष्ठ गण्डकी प्रदेशमा ९० प्रतिशत संक्रमित डिस्चार्ज, कुन जिल्लामा कति ?
गण्डकी प्रदेशमा ९० प्रतिशत संक्रमित डिस्चार्ज, कुन जिल्लामा कति ?
गण्डकी प्रदेशमा ९० प्रतिशत संक्रमित उपचारपछि घर फर्किएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोभिड १९ पोजेटिभ देखिएका १ हजार ६४८ संक्रमितमध्ये १ हजार ४९४ जना डिस्चार्ज भएका हुन् । यो कुल संक्रमितको ९०.६६ प्रतिशत हो ।
गण्डकीमा १ हजार १४० जना क्वारेन्टिनमा छन् । तीमध्ये कोरोना पोजेटिभको संख्या १४९ छ । हालसम्म गण्डकी प्रदेशमा कोभिड १९ बाट ५ जनाले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रकाशित समय ११:०१ बजे

















