गृहपृष्ठ काठमाडौँ प्रशासनको १० बुँदे आदेश, यी काम गर्न बन्देज

काठमाडौँ प्रशासनको १० बुँदे आदेश, यी काम गर्न बन्देज

CDO Office

उपत्यकामा नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले विभिन्न कामकारबाही तथा व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार विभिन्न गतिविधि निषेध गरिएको आदेश जारी गरेका हुन् । साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म यो नियम लागू हुनेछ ।

काठमाडौँ प्रशासनको निर्णयअनुसार भदौ १५ गतेसम्म खुला स्थानमा मानिस जम्मा हुन पाइने छैन । भीडभाड, सभा‑सम्मेलन र जुलुस गर्न तथा जात्रा महोत्सवमा बन्देज लागेको छ । दैनिक नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ । त्यसैगरी, स्वास्थ्य मापदण्डविपरीतका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघटलगायतलाई निषेध गरिएको जारी सूचनामा उल्लेख छ । त्यस्तै शैक्षित संस्था पनि सञ्चालन गर्न पाइने छैन ।

 

प्रकाशित समय २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु