गृहपृष्ठ कर्णालीमा थप ६ जनालाई कोरोना संक्रमण
कर्णालीमा थप ६ जनालाई कोरोना संक्रमण
कर्णाली प्रदेशमा शनिबार थप आठ जनामा कोरोनाभाइरस (कोभिड- १९) को संक्रमण देखिएको छ । दैलेखमा चार र सुर्खेतमा चार गरी आठ जनामा संक्रमण देखिएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार जिल्ला अस्पताल दैलेखमा गरिएको आरटी-पीसीआर परीक्षणमा दुल्लु नगरपालिका १ का २३ र ४८ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका २५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तै कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा भैरवी गाउँपालिका दैलेखका ४९ वर्षीय पुरुष, वीरेन्द्रनगर नगरपालिका ३ का ३९ वर्षीय पुरुष र वीरेन्द्रनगर १० का ९ वर्षीय बालक तथा सोही वडाका २४ र ३० वर्षीय महिलामा संक्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
उनका अनुसार हालसम्म कर्णाली प्रदेशमा कोरोनाभाइरस (कोभिड- १९) बाट संक्रमित हुनेको संख्या २ हजार ६५ पुगेको छ भने १ हजार ९ सय १३ जना संक्रमणमुक्त भइसकेका छन् । शनिबार थप ५ जनाले कर्णालीमा कोरोना जितेका हुन् । कर्णालीमा कोरोनाभाइरसका सक्रिय बिरामी १ सय ४६ रहेको तिवारीले बताए ।
प्रकाशित समय १८:२६ बजे
















