गृहपृष्ठ राष्ट्रिय झण्डा जलाएको अभियोगमा गायकसहित ६ जना पक्राउ

राष्ट्रिय झण्डा जलाएको अभियोगमा गायकसहित ६ जना पक्राउ

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको प्रकरणमा गायक ग्याल्जेन दोर्जे तामाङ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक तामाङलाई बुधबार कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनीसँगै भिडियोमा अभिनय गर्ने, भिडियो सम्पादन गर्नेलगायत अन्य ६ जना पनि उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका छन् । भिडियो छायाँकन गर्ने इसाक लिम्बुलाई भने मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार अपलोड भएको ‘देशद्रोही’ शीर्षकको उक्त भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको छ । युट्युबमा हालेलगत्तै कारबाहीको मागसहित प्रतिक्रिया आउन थालेका थिए ।

भिडियोमा देखिने विद्यालयको बोर्डका आधारमा मकवानपुरको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको देखिन्छ । म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन् ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु