गृहपृष्ठ पछिल्लो २४ घन्टाभित्र कोरोनाबाट ६ जनाको मृत्यु, मृतक संख्या १२६ पुग्यो
पछिल्लो २४ घन्टाभित्र कोरोनाबाट ६ जनाको मृत्यु, मृतक संख्या १२६ पुग्यो
हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७,९६४
अन्त्येष्टिअघि सलामी दिँदै शव व्यवस्थापनका खटिएका सेनाको टोली। (फाइल तस्बिर)
पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणबाट नेपालमा ६ जनाले ज्यान गुमाएका छन् । काठमाडौं, मकवानपुर र सप्तरीका १/१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
बिहीबार देशभर ७ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । आज काठमाडौं उपत्यकाका २०० जना सक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १७४ जना रहेका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।
गत २४ घण्टाभित्र देशभर २४६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।
प्रकाशित समय १८:१३ बजे

















