गृहपृष्ठ कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो, थप ६३४ जनामा संक्रमण
कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो, थप ६३४ जनामा संक्रमण
काठमाडौं उपत्यकामा २१६ जना थपिए, देशभर मृतक १४६
नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ । पछिल्लो २४ घन्टाभित्र विभिन्न जिल्लाका ६ सय ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएकासहित अब देशभर संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंका १६०, ललितपुरका ६ र भक्तपुरका ५० जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना काेराेनामुक्त भएका छन् । अब निकाे हुनेकाे कुल संख्या १८ हजार ३५० पुगेको छ ।
शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।
नेपालका काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १४६ पुगेको हो । पछिल्लाे २५ घण्टाभित्र सुनसरीका २, पर्साका ३, बाराका १, सिरहाका १, मकवानपुरका १ र भक्तपुरका १ गरी ९ जनाको मृत्यु भएको हो ।
प्रकाशित समय १६:२८ बजे

















