गृहपृष्ठ हुम्लामा १२८ स्वाब परीक्षण, सबै नजिता नेगेटिभ
हुम्लामा १२८ स्वाब परीक्षण, सबै नजिता नेगेटिभ
हुम्लामा १२८ स्वाब परीक्षण गरिएकोमा सबै नतिजा नेगेटिभ आएको छ । कोरोनाभाइरसको पछिल्लो अवस्था बुझ्न सदरमुकाम सिमकोट गाउँपालिकाका विभिन्न वडाका साथै नागरिकको भीडभाड हुने विभिन्न कार्यालयका कर्मचारी, फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतको स्वाब संकलन गर्दा सबैको नतिजा नेगेटिभ आएको छ ।
भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रबाट १२८ स्वाब नमुना संकलन र परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका डा. टसी लामाले जानकारी दिए । स्थानीय प्रशासन तथा स्थानीय तहले यो पछिल्लो पटक संकलन गरिएको स्वाबको अवस्था हेरेर जिल्लामा कोरोनाभाइरस रोकथामका लागि रणनीति तय गर्ने तयारी गरेको थियो । यो नतिजाले सबैलाई खुसी बनाए पनि सचेत रहन विभिन्न कार्यक्रम तय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रकाशित समय १३:१७ बजे
















