गृहपृष्ठ प्रसूतिगृहका चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण

प्रसूतिगृहका चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण

thapathali-Prasuti-Griha-newskarobar फाइल तस्बिर ।

थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालका चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् ।

संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।  उनका अनुसार अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु