गृहपृष्ठ काठमाडौं उपत्यकामा १६६ सहित देशभर ८१८ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा १६६ सहित देशभर ८१८ जना कोरोना संक्रमित थपिए
थप ३ जनाको मृत्यु, मृतक संख्या १४९
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न ठाउँमा ८ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको ठेगाना भने खुलाइएको छैन ।
पछिल्लो २४ घण्टामा थप २८१ जना निको भएसँगै हालसम्म काेराेनामुक्त हुनेकाे कुल संख्या १८ हजार ६३१ पुगेको छ । हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना विभिन्न स्वास्थ्य संस्थाका आइसोलेशनमा रहेका छन् । होम आइसोलेसनमा रहनेकाे संख्या ३ हजार ९४३ जना छ ।
प्रकाशित समय १६:३३ बजे

















