गृहपृष्ठ मुख्यमन्त्रीको सवारी चालकलाई कोरोना संक्रमण
मुख्यमन्त्रीको सवारी चालकलाई कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो ।
उनी मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन् । २३ वर्षीय उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
प्रकाशित समय १६:५४ बजे

















