गृहपृष्ठ भक्तपुर प्रशासनले भन्यो‑ बिहान सवा ९ बजेपछि पानी र औषधि पसलबाहेक सबै बन्द गरौँ

भक्तपुर प्रशासनले भन्यो‑ बिहान सवा ९ बजेपछि पानी र औषधि पसलबाहेक सबै बन्द गरौँ

भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहान सवा ९ बजेपछि औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल व्यवसायबाहेक सबै किसिमका व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । पसल व्यवसाय खोल्ने तथा बन्द गर्ने विषयमा व्यवसायी अन्योलमा परेको देखिएपछि भक्तपुर प्रशासनले स्पष्ट पारेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा देखिएका अन्योलबारे स्पष्ट पारेको जानकारी दिइन् । जसअनुसार अत्यावश्यक वस्तुमध्ये खाद्यवस्तु, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान सवा ९ बजेसम्ममात्र खोल्न पाइनेछ ।

भदौ ३ गते रातिदेखि १२ बजेदेखि निषेधाज्ञा जारी गरिए पनि सातौँ दिनसम्म आइपुग्दा अधिकांश पसल दिनभर खुल्ने गरेका छन् । स्थानीय प्रशासनको अनुरोधलाई बेवस्ता गर्दै पसल खुला गरिए कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।

प्रकाशित समय १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु