गृहपृष्ठ क्यानद्वारा खेलाडीसहित ५१ जनाको कोरोना बिमा

क्यानद्वारा खेलाडीसहित ५१ जनाको कोरोना बिमा

cricket-can-newskarobar

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बिमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बिमा गरेको हो ।

क्यानले विज्ञप्तिमार्फत कोरोना बिमा गरिएको जनाएको हो । दुई साताअघि क्यानले खेलाडी, खेल मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको बिमा गर्ने निर्णय गरेको थियो । कोरोना महामारीलाई ध्यानमा राख्दै बिमा गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । क्यानले वार्षिक अुनबन्ध गरेका २२ तथा अन्य तीन खेलाडीको बिमा गरेको हो ।

क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको एक लाख रूपैयाँ बराबरको कोराना बिमा गरेको हो । महिला क्रिकेट खेलाडीको कोरोना बिमाबारेसमेत क्यानले योजना बनाइरहेको छ ।

यसैबीच क्यानले केही समयअघि क्रिकेट खेलाडीको डेढ वर्षदेखि रोकिएको पारिश्रमिक उपलब्ध गराउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पत्र पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको सूची पठाएको हो । लामो समयदेखि रोकिएको पारिश्रमिक खेलाडीले चाँडै पाउने क्यानले जनाएको छ । पारिश्रमिकका लागि क्यानले तीन श्रेणीमा खेलाडी विभाजन गरी सूची आईसीसीलाई पठाएको अध्यक्ष चन्दले जानकारी दिए ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु