गृहपृष्ठ काठमाडौं उपत्यकामा २० हजार जनाको कोरोना परीक्षण गर्ने तयारी

काठमाडौं उपत्यकामा २० हजार जनाको कोरोना परीक्षण गर्ने तयारी

काठमाडौं उपत्यकामा २० हजार जनाको कोरोना परीक्षण गरिने भएको छ । समूदायस्तरमै कोभिड- १९ को संक्रमण फैलिन सक्ने खतरा बढेपछि काठमाडौँ उपत्यका नगरपालिका फोरम यस्तो तयारी गरेकाे हाे ।

आइतबार बसेकाे फोरमका पदाधिकारी बैठकमा उपत्यकाभित्र कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने निर्णय भएकाे हाे । घनावस्तीयुक्त उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिएमा आउनसक्ने भयावह अवस्थालाई ध्यानमा राखी एकीकृत र सामूहिक रूपमा राेकथामका याेजना बनाउन लागेकाे फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । उनका अनुसार अब परीक्षणकाे दायरासमेत व्यापक वृद्धि गरिनेछ । सोमबारकाे थप छलफलपछि निर्णय लिइने प्रमुख शाक्यले जानकारी दिए ।

उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्ने योजना रहेकाे नगरपालिका फोरमका सचिव रहेका मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सोमबारकाे  बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको परीक्षण गर्ने भन्ने तय हुने उनले जनाए ।

प्रकाशित समय १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु