गृहपृष्ठ भारतको महाराष्ट्रमा पाँच तले भवन भत्कियो, एक जनाको मृत्यु
भारतको महाराष्ट्रमा पाँच तले भवन भत्कियो, एक जनाको मृत्यु
भारत महाराष्ट्रको रायगढ जिल्लामा पर्ने महाडमा पाँच तले भवन भत्किएको छ । भत्किएको भवनको भग्नावशेषमा करिब ३० जना फसेको समाचार संस्था एएनआईले जनाएको छ । घटनास्थलबाट ६० जनाको उद्धार भइसकेको समाचारमा उल्लेख छ ।
भवन भत्किँदा एकजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाड सहर मुम्बईबाट १८० किलोमिटर टाढा पर्छ ।
सोमबार बेलुका ७ बजेतिर भवन भत्किएको भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिन थालेपछि बाहिर निस्किएका मानिस भने सकुशल छन् ।
मुख्यमन्त्री उद्धव ठाकरेले स्थानीय विधायकसँग घटनाबारे छलफल गरेका छन् । उनले उद्धार तथा राहतका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएको एनएनआईले जनाएको छ ।
प्रकाशित समय ०७:५७ बजे

















