गृहपृष्ठ कास्कीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि
कास्कीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि
कास्कीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा पोखरा महानगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा महानगरपालि १३, २८, २९ मा गरी तीन जना पुरुष र एक जना महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ३० देखि ३६ वर्ष उमेर समूहका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८९५ पुगेको छ ।
संक्रमित व्यक्तिलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको शर्माले बताए । पोखरा महानगरपालिका १३ का दुई जना भारतबाट आएका हुन् भने अन्य दुई जना कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन् ।
गण्डकी प्रदेशमा कोरोन संक्रमणबाट निको हुनेको संख्या १ हजार ६३९ जना छ । यो कुल संक्रमितको ८६.४९ प्रतिशत हो ।
प्रकाशित समय ०८:१८ बजे

















