गृहपृष्ठ अनमी, सीएमए र ल्याब असिस्टेन्ट कोर्ष ‘फेजआउट’
अनमी, सीएमए र ल्याब असिस्टेन्ट कोर्ष ‘फेजआउट’
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसीसरहका कार्यक्रमहरू खारेज भएका छन् । चिकित्सा शिक्षा ऐनको दफा ४२ को आधारमा साउन ३० मा बसेको बैठकले यस्तो निर्णय गरेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगले जनाएकाे छ ।
अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायत कार्यक्रम अबको शैक्षिक सत्रबाट खारेज गर्ने निर्णय भएकाे आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताए । आयोगको याे निर्णयसँगै उल्लिखत लगायतका २ सय ३८ विषय पढाउने १ सय ३७ वटा कलेजको सम्बन्धन पनि खारेज भएको छ ।
आयोगले विश्वविद्यालय प्रतिष्ठान र त्यसअन्तर्गतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम बन्द गराउने र सञ्चालमा रहेका यस्ताहरू पनि अध्ययन अवधि पूरा भएपपछि स्वतः फेजआउट हुने निर्णय गरेको छ ।
प्रकाशित समय १९:५३ बजे

















