गृहपृष्ठ कविता – युद्ध र शान्ति

कविता – युद्ध र शान्ति

विज्ञानले विनास होइन विकास निम्त्याउछ !
विज्ञान युद्ध हो ।
युद्धले ध्वंस होइन, निर्माणको जग बसाउँछ ।
हेर,
दुनियाँमा युद्धैयुद्ध छ ।
विज्ञानको विकासले प्रविधिको जग बसालेको छ ।
प्राविधिले दुनियाँमा चामत्कारिक विकास भएको छ ।
कम समयमा निर्माणको प्रतिस्पर्धा चलेको छ ।
शान्ति भनेको स्थिर हुनु हो !
शान्तिले गतिलाई रोकिदिन्छ ।
गतिबिहिन बस्तु खिइएर सकिन्छ ।
हेर,
ढोगी शान्तिले मान्छेलाई अल्छी बनाएको छ ।
भिख माग्नेहरु कति शान्त छन् हेर !
पेट भर्न लुसुलुसु गल्ली धान्नुपर्छ ।
घर चाहर्नुपर्छ ।
लुसुलुसु घर चाहर्नेको जीवनमा कहिले शान्ति छाएको छैन ।
ब्राह्मण्ड बुझ्नुपर्छ
अस्तित्वमा भएका हरेक चीज गतिशिल छन्
गतिशील वस्तुहरु युद्धमा छन् ।
यदि हावा शान्ति भएको भए, अक्सिजन ढुंगा जस्तै हुन्थ्यो ।
ढुंगा जस्तै अक्सिजनले सास फेर्ने कुरा अवैज्ञानिक छ ।
पृथ्वीले सूर्यलाई नघुमी जगत चल्दैन ।
जगतै नचले जीवन छैन ।
जीवन नै नभए शान्ति कता खोज्ने ?
शान्ति हुनलाई जीवन चाहिन्छ ।
जीवन भए युद्ध नै युद्ध छ ।
युद्ध जीवनको गर्भ हो
युद्धले जीवहरुको गर्भाधान गर्छ ।
गर्भबिहिन जीवन खोज्नु ढोगी तर्क हो ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु